नेपाल–भारत सीमामा भेटियो आधा दर्जन बेवारिसे बम
एजेन्सी २७ साउन । भरतको बहराइच जिल्लाको रुपडियामा रहेको नेपाल–भारत सीमा नजिकै बेवारिसे अवस्थामा ६ वटा बम फेला परेका छन् ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार प्रहरी र सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) लाई बम फेला परेको समाचार लगत्तै घटनास्थलमा पठाइएको थियो । त्यस्तै, क्षेत्रका सम्बन्धित अधिकारीहरुलाई पनि घटनाको जानकारी दिइएको र यसबारे अनुसन्धान शुरु भइसकेको बताइएको छ ।
यद्यपि, प्रहरीले भने भेटिएका वस्तु बम वा विस्फोटक पदार्थ हो या होइनन् भन्ने कुरा बम डिस्पोजल टोलीले यकिन गर्ने बताएको छ ।भेटिएको वस्तुमाथि डाइनामाइट लेखिएको भए पनि वास्तावमा यो बम हो या होइन भन्ने कुरा आफूहरुले यकिन गर्न नसकेको प्रहरीको भनाई छ । हिजोमात्र अमेठीमा कोलकाताबाट अमृतसर गइरहेको रेलमा धम्कीपूर्णपत्रसहित विस्फोटक पदार्थ भेटिएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२३ जेठ २०८२ ९:२२
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
२५ जेठ २०८२ १७:२७