उत्तर कोरियालाई विनासको बाटो नरोज्न अमेरिकाको चेतावनी

भक्तपुर न्यूज

२६ साउन २०७४ ५:०५

उत्तर कोरियालाई विनासको बाटो नरोज्न अमेरिकाको चेतावनी

काठमाडौं,२६ साउन । उत्तर कोरियालाई आफ्नो विनासको बाटो आफै नबनाउन अमेरिकाले चेतावनी दिएको छ । अमेरिकी रक्षा मन्त्री जिम म्याटिसले उत्तर कोरियाले पछिल्लो समय गरिरहेको गतिविधि उसकै लागि घातक हुन सक्ने भन्दै आफ्नो विनासको निम्तो आफै गरिरहेको बताए ।

उत्तर कोरियाले युद्धको अवस्था आएमा अमेरिका र अमेरिकाका सहयोगीसँग संघर्ष गर्न सक्ने अवस्था नरहेकाले त्यो अवस्था निकै घातक बन्न सक्ने भएकाले सचेत रहन अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको चेतावनी छ ।

एक महिनाको अवधिमा दुईवटा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाले अमेरिकाका सबै मूख्य क्षेत्रमा आफूले आक्रमण गर्न सक्ने बताएपछि तनाव बढेको छ । यस्तै प्रशान्त महासागरमा रहेको अमेरिकी क्षेत्र गुआममा क्षेप्यास्त्र आक्रमण गर्ने बारे तयारी भइरहेको उत्तर कोरियाको भनाई छ । यसले गर्दा दुईदेशबिचको तनाव उत्कर्षमा पुगेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *