दैलेख प्रशाशन कार्यालयले घुम्ति सेवा शुरु गर्ने

भक्तपुर न्यूज

२५ साउन २०७४ ६:४५

दैलेख प्रशाशन कार्यालयले घुम्ति सेवा शुरु गर्ने

कुमार प्याकुरेल । दैलेख, २५ साउन । प्रदेश र संसदीय निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशाशन कार्यालय दैलेखले नागरिकता बितरण गर्नका लागि जिल्लामा रहेका ११ बटा स्थानिय तहमा नागरिकता प्रमाण पत्र बितरण गर्ने घुम्ति सेवा सचालन गर्ने भएको छ ।
जिल्लामा नागरिकता प्राप्त गर्नका लागि उमेर पुगेतापनि बिभिन्न कारणले सेवा लिन नपाईरहेका ब्यक्तिहरुको पायक पर्ने ठाउमा गई जिल्ला प्रशाशन कार्यालय दैलेखबाट खटी जाने टोलीले नागरिकता प्रमाण पत्र बितरण गर्ने छ । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्््अधिकारी सहितको टोलिले गाउका दुर दराजमा रहेका ब्यक्तिहरु जो बिभिन्न कारणले जिल्लामा आउन नसकेका ब्यक्तिहरुलाई बिशेष राहत हुने र आसन्न निर्वाचनमा समेत नामावली सकलन गर्न समेत टेवा पुग्ने भएर यो अभियान थालेको प्रमुख जिल्ला अधिकारीले बताए ।
जिल्ला प्रशाशन कार्यालय कार्यालय दैलेखले जिल्लामा रहेका ११ बटा स्थानिय तहमा बिभिन्न मितिमा र गाउपालीका र नगरपालिकाको पाईक पर्ने ठाउमा घुम्ति सेवा मार्फत नागरिकता प्रमाण बितरण गर्ने भएको छ ।
तपशिल ।
सि.न .गाउँपालिका । नगरपालिका मिति
१ गुँरास गाउपालिका २०७४।४।१९
२ डुगेश्वर गाउपालिका २०७४।४।२०
३ नारायण नगरपालिका जिल्ला प्रशाशन कार्यालय दैलेख
४ भगवतिमाई गाउपालिका २०७४।४।२३
५ नौमुले गाउपालिका २०७४।४।२५
६ महाबु गाउपालिका २०७४।४।२७
७ दुल्लु नगरपालिका ईलाका प्रशाशन कार्यालय दुल्लु
८ भैरवि गाउपालिका २०७४।४।१९
९ ठाटिकाध गाउपालिका २०७४।४।२४
१० चामुण्डा बिन्द्रासैनि नगरपालिका २०७४।४।२७
११ आठबिस नगरपालिका २०७४।४।२९

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *