चलचित्र दि कर्मा घोषणा सँगै थिम पोस्टर सार्वजनिक

भक्तपुर न्यूज

२५ साउन २०७४ ६:३०

चलचित्र दि कर्मा घोषणा सँगै थिम पोस्टर सार्वजनिक

काठमाडौं, २५ साउन । नेपाली चलचित्र दि कर्मा घोषणा गरिएको छ । थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो ।
तराई भेगमा पर्ने नेपाल र भारतको सीमाना आसपासमा हुने घटनामा आधारित रहि यो चलचित्र बन्न लागेको हो । यो चलचित्रलाई विश्वदिप घिमिरेले निर्देशन गर्नेछन् । मानिसले आफ्नो समयमा गर्ने कामको प्रतिफल जनाउने यो चलचित्रमा मुम्बईका कलाकार दिपक आनन्दको प्रमूख अभिनय रहनेछ । भाद्र महिनाभित्र मुहर्त गरिने यो चलचित्रमा अर्का कलाकार करण आहुजाको पनि महत्वपूर्ण भूमिका रहनेछ ।
यो चलचित्रमा दिपक भारतबाट नेपाल आई सीमा क्षेत्रमा बसोबास गरिरहेका युवकको भूमिकामा रहनेछन् । चलचित्रमा नेपाली कलाकार क्षितिजा शाक्यको पनि अभिनय रहनेछ भने नायिकाको भने छनौट भईसकेको छैन । चलचित्रको मुहर्त अवधिसम्म नायिका छनौट गरेर वर्कशपमा जाने निर्देशक घिमिरेले बताए ।
मुहर्तमा चलचित्रमा अभिनय गर्ने सम्पूर्ण कलाकार नेपाल आउनेछन् । जय मिडिया म्यानेजमेन्ट प्रोडक्शनको ब्यानरमा बन्ने एक्शनप्रधान चलचित्र दि कर्माको छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्किममा हुनेछ । २०७४ भित्रै रिलीज लक्ष्य राखिएको यो चलचित्र कार्तिक तेश्रो हप्ताबाट छायांकनमा जानेछ । जय राज रोएको कथामा रहेको यस चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गर्नेछन् । जय राज रोए र निशा खतिवडा निर्माता रहेको यो चलचित्र नेपाली र हिन्दी भाषामा बन्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *