पहिरो जाँदा ११ घर बिस्थापित
पोखरा ५ साउन । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान पाथेगाउँमा पहिरो जाँदा ११ घर बिस्थापित भएका छन् । गएराति करिब ९ बजेतिर गाउँमाथिको ढिस्को खसेर पहिरो जाँदा त्यहाँ रहेका १३ घरमध्ये ११ घरमा क्षति पुगेको हो ।
पहिरोले घर पुरिएर बिस्थापित हुनेमा देवीलाल लामिछाने, दिननाथ पौडेल, नरबहादुर विश्वकर्मा, काजी विश्वकर्मा, ्रजंगबहादुर विश्वकर्मा, गंगाबहादुर विश्वकर्मा, धनकाजी विश्वकर्मा, हिमलाल भुषाल, गंगा आचार्य, चन्द्रबहादुर परियार, प्रविण लामिछाने र प्रेमबहादुर विश्वकर्मा रहेका छन् । राति भागेर ज्यान जोगाएका उनीहरुले छिमेकी गाउँमा रात बिताएका थिए । उक्त स्थान बिकट भएका कारण प्रहरी लगाएत अन्य टोली पुग्न नसकेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
