जिसस दैलेख एमालेको कब्जामा
कुमार प्याकुरेल । दैलेख, २४ साउन । जिल्ला सम्मन्वय समिति दैलेखमा नेकपा एमालेका पार्टी उपाध्यक्ष प्रेम बहादुर थापा विजयी भएका छन् । सोमबार भएको जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा एमालेको प्यानलनै निर्वाचित भएको छ । निर्वाचन समितिका अनुसार उप सयोजकमा लक्ष्मिदेवि शाहि बिज यी भएकी छन् ।
सदस्यहरूमा क्रमश बालकृष्ण केसी, नन्द बहादुर खड्का, ललित जङ्ग माझी, चन्द्रकला रावत ,गिता चन्द, चन्द्रा नेपाली र सर्वराज महतारा रहेका छन् । विजयी उम्मेदवारहरूले कुल २२ मत मध्ये १८ मत प्राप्त गरेका थिए । निकटतम प्रतिद्न्दि नेपाली काग्रेसले भने ८ मत प्राप्त गरेको थियो । नेपाली काग्रेसबाट उम्मेद्वार भएका सयोजक पदका नगेन्द्र बहादुर खत्री र उप सयोजकमा निर्मला खड्का उम्मेदवार थिए । ११ बटा स्थानिय तह रहेको दैलेख जिल्लामा एमालेले ७ स्थानमा र काँग्रेसले ४ स्थानमा स्थानिय तहको निर्वाचनमा विजयी हासिल गरेका थियो ।