पाकिस्तानमा हिन्दूलाई मन्त्री बनाइयो

भक्तपुर न्यूज

२३ साउन २०७४ ८:५५

पाकिस्तानमा हिन्दूलाई मन्त्री बनाइयो

एजेन्सी, २३ साउन । पाकिस्तानका नयाँ प्रधानमन्त्री शाहिद खकान अब्बासीको सरकारमा एक हिन्दूलाई मन्त्री बनाइएको छ । ६५ वर्षीय हिन्दू चिकित्सक दर्शन लाललाई पाकिस्तानमा मन्त्री बनाइएको हो । उनले राज्यमन्त्रीका रूपमा हिजो शपथ लिएका छन् ।
पाकिस्तान मुस्लिम लीग–नवाजका यी नेताले अल्पसंख्यक कोटाबाट दोस्रोचोटि नेसनल एसेम्ब्ली चुनाव जितेका हुन् ।
उनी सिन्ध प्रान्तको पीरभूमल मेमोरियल बाल अस्पतालमा उपचार गर्छन् । पार्टीको वेबसाइटमा उनलाई अल्पसंख्यक समूहको अध्यक्ष भनी लेखिएको छ ।
उनले सन् २००९ मा पाकिस्तानको डन अखबारलाई शिख, क्रिस्चियन र हिन्दू अल्पसंख्यकको बराबर अधिकार र धार्मिक स्वतन्त्रता रहेको बताएका थिए । पाकिस्तानमा अल्पसंख्यकहरूका विरुद्ध गरिएको प्रचारबाजीमा कुनै सत्यता नरहेको उनी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *