चौथो सोमबारमा पनि डोलेश्वरमा भक्तजनको भीड उस्तै
भक्तपुर २३ साउन । भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा साउनको चौथो सोमबारमा भक्तजनहरुको भीड उस्तै छ ।
अन्य समयमा चार सोमबार पर्ने भएता पनि यो वर्षको साउनमा भने पाँच सोमबार परेको र आजै चन्द्र ग्रहण लागेता पनि उपत्यकालगायत आसपासका जिल्लाबाट पूजाअर्चना गर्न भक्तजनहरुको भीड लागेको हो ।
बिहानैदेखि डोलेश्वरमा भक्तजनहरुको भिड अन्य सोमबार भन्दा अधिक रहेको र साउनको महिना शिव खुशी भएको महिना भएकाले समेत भक्तजनहरु बिभिन्न शिवालय तथा शिवको मूर्तिमा पूजा अर्चना गर्ने परम्परा रहेको मन्दिरका मूल पुजारी बच्चुराम जंगमले बताए ।
उनले डोलेश्वरमा बिगतमा भन्दा अधिक भक्तजनहरु आउन थालेकोमा खुशी ब्यक्त गर्र्दै अन्य भक्तजनहरुलाई समेत यो धार्मिक तिर्थ स्थलमा पूजा अर्चना गर्न आउनलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५