विवादले काष्ठमण्डप पुनर्निर्माण अलपत्र

भक्तपुर न्यूज

२३ साउन २०७४ २:०९

विवादले काष्ठमण्डप पुनर्निर्माण अलपत्र

काठमाडौ, २३ साउन । विश्व सम्पदा सूचिमा सूचिकृत काष्ठमण्डप पुनर्निर्माणमा फेरी विवाद देखिएको छ । नागरिक स्तरबाट काष्ठमण्डप निर्माण गर्न बनाईएको काष्ठमण्डप पुनर्निर्माण अभियानलाई काठमाडौ महानगरपालिकाले निर्माणका क्रममा कुनैखालको भूमिका नदिने भनेपछि अहिले विवाद सृजना भएको छ । यी दुईपक्षिय आपसी विवादका कारण काष्ठमण्डप निर्माण कार्य अलपत्र परेको छ । दुईपक्षिय विवाद चुलिएकै कारण निर्माण कार्य अघि बढ्न सकेको छैन् ।

काष्ठमण्डप पुनर्निर्माणमा महानगरले हस्तक्षेपकारी भूमिका खेल्दै पुरातत्व संरक्षणको प्रयासलाई दबाउन खोजेको गठित अभियानले बताएको छ काष्ठमण्डप पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, काष्ठमण्डप पुनर्निर्माण अभियान, पुरातत्व विभाग र काठमाडौं महानगरबीच गत वैशाख २९ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो । जसमा नागरिक स्तरको अभियानले काष्ठमण्डप पुनर्निर्माणका लागि काम गर्ने र त्यसमा महानगरपालिका र विभागले सघाउने उल्लेख गरिएको थियो । महानगरपालिकामा आएका जनप्रतिनिधिले एउटा समूहले चलाएको अभियानलाई सम्पदा निर्माणको जिम्मा दिने निर्णय गलत भन्दै फिर्ता गर्न दबाव दिएको छ । लगतै महानगरले पुनर्निर्माणमा आफैंले काम थाल्ने निर्णय समेत गरेको छ ।

जनप्रतनिधिको योजनाअनुसार नै काष्ठमण्डप महानगरकै नेतृत्वमा निर्माण गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए । पुरानै स्वरुपमा निर्माण गर्न विज्ञहरुसँग परामर्श सुरु भएको र छिट्टै निर्माण थाल्ने उनले बताए ।काष्ठमण्डप पुनर्निर्माणमा उपेक्षा गर्ने सरकारी पक्षले नागरिस्तरबाट पनि काम गर्न नदिएको काठमाडौं पुनर्निर्माण अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठ गुनासो गरेका छन् । अभियनाले काम शुरु गरिरहेको अबस्थामा महानगरपालिकाले असार ५ गते हस्तक्षेप गरेर साँचो नियन्त्रण लिँदै काम रोकेको उनले बताएका छन् ।

पुरातत्व विभाग र पुनर्निर्माण प्राधिकरणले समेत उक्त काष्ठमण्डप निर्माणमा अहिलेसम्म चासो देखाएको छैन् । महानगरपालिकाले हस्तक्षेप गरेपछि अभियानले जग संरक्षणका लागि सुरु गरेको टहरा बनाउने काम अहिलेसम्म सकिएको छैन । काष्ठमण्डको जगममा क्षति पुगे यसको जिम्मेवारी महानगरपालिका, पुरातत्व विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लिनुपर्ने अध्यक्ष श्रेष्ठले बताएका छन् ।
सरकारले नै पुनर्निर्माणको जिम्मा महानगरलाई दिएको कारण सो समितिले विवाद गर्नुको कुनै तुक नभएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताएका छन् ।  काठमाडौं महानगरपालिकाका प्रवक्ता कार्की भने काष्ठमण्डपलाई पुरातात्विक तवरले निर्माण गर्न महानगर आफैं सक्षम रहेको कार्की बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *