चिकित्सा शिक्षा ऐन संशोधन हुनुपर्छ : गगन थापा

भक्तपुर न्यूज

२१ साउन २०७४ ६:५४

चिकित्सा शिक्षा ऐन संशोधन हुनुपर्छ : गगन थापा

भक्तपुर, २१ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले माथेमा आयोगले तयार पारेको प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने बताएका छन् । उनले या प्रतिवेदनलाई ध्यान दिदैं ऐन संशोधन गरी अनशनरत डाक्टर गोविन्द केसीका जायज माग सरकारले पुरा गर्नुपर्ने बताए ।

आज भक्तपुरको बालकोटमा स्वर्गीय श्यामबहादुर कार्कीको दशौं स्मृति दिवसका अबसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्वास्थ्य क्षेत्रमा देखिएका सबैखाले समस्या क्रमिक रुपमा समाधान हुँदै जाने आश्वासन समेत दिए ।  केन्द्रीय सदस्य थापाले वर्तमान गठबन्धन सरकारले तोकेकै समय समय मंसिर ७ सम्म सबैतहको निर्वाचन गराईसक्नु दाबी गर्दै उनले त्यसपछि मात्रै सरकारको बिषयमा छलफल हुने जानकारी दिए । उनले निर्वाचन अघि नै राजनीतिक दलहरुबीच समिकरण हुनुपर्ने बताए ।

श्यामबहादुर कार्की स्मृति प्रतिस्ठानले आयोजना गरेको सो कार्यक्रममा स्थानीय विद्यार्थीलाई शैक्षिक सामग्रीका साथै ट्रयाक्सुट समेत वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष बिष्णुबहादुर कार्कीले बताए । कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका साँसद रामेश्वर ढुंगेल, काँग्रेस जिल्ला सभापति दुलभ थापालगायतको सहभागीता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *