पाकिस्तानको नयाँ मन्त्रिपरिषदले शपथ लियो
एजेन्सी, २० साउन । पाकिस्तानको नयाँ मन्त्रिपरिषदले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिएको हो । पाकिस्तानका नयाँ प्रधानमन्त्री सहिद खक्वान अब्बासी र उनको मन्त्रिपरिषदका सदस्यहरुले आज शपथ लिएका छन् । खक्वानी तीनदिन अघिमात्र पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएका थियो । उनले ४६ सदस्यीय मन्त्रिमण्डल गठन गरेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सोही मन्त्रिमण्डलले आज राजधानी इस्लामावादमा पाकिस्तानी राष्ट्रपति ममनुन हुसेनसँग आफ्नो पद तथा गोपनीयताको शपथ लिएको पाकिस्तानी सरकारी टेलिभिजन, पिटीभीले जानकारी दिएको छ ।
पाकिस्तानको सर्वोच्च अदालतले एक हप्ता अघि प्रधानमन्त्री नवाज सरिफमाथि भ्रष्टाचारको आरोपलाई लिएर प्रधानमन्त्रीको पदमा बस्न अयोग्य घोषणा गरेपछि उनले राजिनामा दिएका थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३