रुखबाट लडेर वडा सदस्यको मृत्यु
रुकुम, २० साउन । रुकुममा रुखबाट लडेर वडा सदस्यको मृत्यु भएको छ । ५ नम्बर प्रदेशमा पर्ने सिस्ने गाउँपालिका–८ का सदस्य ५३ वर्षीया मेघलाल पुनको रूखबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
हिजो दिउँसो घर नजिकैको रूखमा बाख्रालाई घाँस काट्दा उनी लडेको बताइएको छ । गम्भीर घाइते भएका पुनलाई उपचारका लागि नेपाजगञ्ज लैजाँदै गर्दा बाटोमा हिजो राति करिब ११ बजेतिर मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ वैशाख २०८२ ९:३१
काठमाडौं उपत्यकामा भूकम्पको धक्का
५ वैशाख २०८२ १४:१०
आज शुक्रबार सुन प्रति तोला आठसय रुपैयाँ घट्यो, चाँदीको मूल्य स्थिर
३ वैशाख २०८२ ९:३३
गोली प्रहार घटनामा संलग्न तीन जना नियन्त्रणमा
३ वैशाख २०८२ ९:२९
संसद् अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस
५ वैशाख २०८२ १४:१८