आज भरतपुर–१९ मा मतदान

भक्तपुर न्यूज

२० साउन २०७४ ३:०१

आज भरतपुर–१९ मा मतदान

चितवन, २० साउन । चितवनको भरतपुर महानगरपालिका–१९ मा अहिले बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । सो वडाका तीन मतदानस्थलका ६ वटा मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

मतदान साँझ ५ बजेसम्म चल्ने भए पनि बिहानैदेखि मत हाल्न मतदाताहरु लाइनमा लागेका छन् । पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत गत वैशाख ३१ गते निर्वाचन भएको भरतपुर महानगरपालिकाको १९ नम्बर वडाको मतपत्र च्यातिएपछि विवाद भएको थियो ।
निर्वाचन आयोगले यहाँ पुनः मतदान गर्न निर्णय गरेसँगै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्चले आयोगको निर्णय सदर गर्दै फैसला गरेपछि यहाँ आज पुनः निर्वाचन हुन लागेको हो ।

कूल ३ हजार ७ सय ९७ मतदाताले ३ मतदानस्थलका ६ वटा मतदान केन्द्रबाट आज मतदान गर्दैै छन् । मतदानलाई सफल पार्न मतदान अधिकृतसहित ३६ कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिकामा माओवादी–कांग्रेस गठबन्धनबाट रेणु दाहाल मेयरकी उम्मेदवार छिन् भने एमालेले देवी ज्ञवालीलाई अघि सारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *