करेन्ट लागेर राईको मृत्यु
झापा, १९ साउन । आज बिहान झापामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–६ बुट्टावारी निवासी २३ वर्षीय सन्देश राईको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनलाई आज बिहान मल्टिप्लक जोड्ने क्रममा करेन्ट लागेको र उपचारका लागि कन्काई अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
