युइएफएको उपाधिको लागि म्यानचेस्टर युनाइटेड र रियल मड्रिड भिड्ने

भक्तपुर न्यूज

१९ साउन २०७४ ५:०९

युइएफएको उपाधिको लागि म्यानचेस्टर युनाइटेड र रियल मड्रिड भिड्ने

एजेन्सी, १९ साउन । प्रि–सिजन मैत्रीपूर्ण खेल अन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड विजयी भएको छ । राति डब्लिनमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले इटालियन क्लब साम्पाडोरिएलाई २–१ ले हराएको हो ।
युनाइटेडको जितमा हेनरिक एमखितर्यान र आन माटाले गोल गरे । साम्पाडोरिएका लागि डेनिस प्राएटले एक गोल फर्काए ।

यसैगरी, स्पेनिस च्याम्पियन रियल म्याड्रिडले अल स्टार टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराई फाइनलमा पुगेको छ ।
निर्धारित समयमा १–१ गोलमा टुंगिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट भएको थियो । युवा खेलाडी बोर्जा मायोरालले ५९औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर ८७औं मिनेटमा डोमिनिक डयरले गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो ।
पेनाल्टी सुटआउटमा रियलका लागि करीम बेन्जेमा, ग्यारेथ बेल, माटियो कोभाचिच र मार्सेलोले गोल गरेका थिए । यता एमएलएसका अल्मिरोन र भालेरीले गोल गर्दा जिओभानी डस स्यान्टोस चुकेका थिए ।
म्यानचेस्टर युनाइटेडले युइएफए सुपर कपको फाइनलमा आउँदो मंगलबार च्याम्पियन्स लिग च्याम्पियन रियल मड्रिडसँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *