रुसविरुद्ध प्रतिबन्ध लगाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

भक्तपुर न्यूज

१९ साउन २०७४ ३:१७

रुसविरुद्ध प्रतिबन्ध लगाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

काठमाडौं, १९ साउन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउने सम्बन्धि विधेयकमा हस्ताक्षर गरेका छन् । यो विधेयकलाई सिनेटले पहिले नै मंजुरी दिइसकेको छ । विधेयकमा इरान र उत्तर कोरियामाथि पनि प्रतिबन्ध लगाइएको छ । नयाँ कानून अनुसार राष्ट्रपति ट्रम्पको रुसमाथि लागेको प्रतिबन्धलाई आफैं फिर्ता लिने शक्तिलाई सिमित गरिदिएको छ ।

उक्त विधेयकको उद्देश्य पछिल्लो वर्ष भएको अमेरिकी राष्ट्रपति चुनावमा कथित हस्तक्षेप र सिरिया र युक्रेनमा आक्रामकताका लागि रुसलाई दण्डित गर्नु हो । रसियाले प्रतिबन्धमाथि तिखो प्रतिक्रिया व्यक्त गरेको छ । प्रधानमन्त्री दिमित्रि मेदवेदेवले यसको सिधा अर्थ अमेरिकाले रुसविरुद्ध पूर्ण रुप व्यापारिक युद्धको घोषणा गरेको भनेका छन् ।

इरानका अनुसार नयाँ प्रतिबन्धले परमाणृु सम्झौता उल्लंघन भएको छ र यसको उचित तरिकाले जवाफ दिने बताएको छ । रुसले अमेरिकी राष्ट्रपति चुनावमा कुनै पनि प्रकारको प्रतिबन्धमाथि अस्विकार गर्दै आएको छ र राष्ट्रपति ट्रम्पले पनि ती आरोपलाई खारेज गरेको छ । पछिल्लो हप्ता अमेरिकी प्रतिबन्धको जवाफी कारवाहीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ७ सय ५५ अमेरिकी कूटनीतिज्ञलाई रुस छाड्न आदेश दिएका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *