मन्त्रालयद्वारा मालपोत कार्यालयमा छानबिन सुरु

भक्तपुर न्यूज

१९ साउन २०७४ ३:००

मन्त्रालयद्वारा मालपोत कार्यालयमा छानबिन सुरु

काठमाडौं, १९ साउन । घरजग्गा रजिस्ट्रेसन गर्दा लिनुपर्ने पुँजीगत लाभकरमा अनियमित किसिमले करोडौँ छुट दिएको आशंकामा भूमिसुधार तथा व्यवस्था मन्त्रालयले सातवटा जिल्लामा छानबिन थालेको छ ।

घरजग्गाको बढी कारोबार भइरहेका मोरङ, झापा, सुनसरी, चितवन, रुपन्देही, बाँके र कास्कीका मालपोत कार्यालयमा छानबिन थालिएको मन्त्रालयले जनाएको छ । ती जिल्लाका मालपोतले घरजग्गा बिक्री गर्ने क्रममा पुँजीगत लाभकर उठाउँदा करोडौँ रुपैयाँ हिनामिना गरी राजस्व ठगी गरेको आशंका मन्त्रालयको छ ।

मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले पुँजीगत लाभकर लिँदा अनियमितता भएको गुनासो आएपछि टोली गठन गरेर छानबिन थालिएको बताए । ‘छानबिन थालेका छौँ, दोषी ठहरिए कडा कारबाही गर्छौँ,’ देवकोटाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *