घट्यो सुनचाँदीको मूल्य
भक्तपुर, १८ साउन । आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य आज २ सयले घटेको छ । हिजो प्रतितोला ५४ हजार ८ सय रुपैयाँ रहेको सुन आज २ सय रुपैयाँले घटेर ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । हिजो ७ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँ घटेर ७ सय ४० मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
