अमेरिकाले उत्तर कोरियालाई भन्यो : हामी शत्रु होइनौँ

भक्तपुर न्यूज

१८ साउन २०७४ ५:४४

अमेरिकाले  उत्तर कोरियालाई भन्यो : हामी शत्रु होइनौँ

एजेन्सी, १८ साउन । उत्तर कोरियाको क्षेप्यास्त्र परिक्षणको विषयलाई लिएर तनाव बढिरहेका बेला अमेरिकाले आफूहरु उत्तर कोरियाको सत्ता परिवर्तनको पक्षमा नरहेको बताएको छ ।
अमेरिकी विदेश मन्त्री टिल्लर्सनले आफ्नो देश उत्तर कोरियामा शासन वा सत्ता परिवर्तन नभइ उसले गर्दै आएको परमाणु गतिविधि नियन्त्रणको खोजीमा रहेको बताएका हुन् ।
यसैबीच, एक वरिष्ठ रिपब्लिकन सांसदले भने राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको युद्धलाई एक विकल्पको रुपमा हेरिरहेको बताएका छन् ।
हालै उत्तर कोरियाले परिक्षण गरेको क्षेप्यास्त्र अमेरिकासम्म पुग्ने अनुमान गरिएको छ ।
टिलरसनले भने, ‘हामी सत्तामा फेरबदल गर्न चाहँदैनौँ । हामी हाम्रो सेना पठाउन कुनै बाहना चाहँदैनौ ।’
उनले थपे, ‘हामी तपाईंहरुको दुश्मन होइनौँ । हामी तपाईंहरुका लागि खतरा होइनौँ । तर, तपाईंहरु हाम्रो लागि खतरा बनिरहनुभएको छ र हामीले यसमा कारवाही गर्न पर्छ ।’
संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बावजूद उत्तर कोरियाले लगातार क्षेप्यास्त्र परिक्षण गरिरहेको छ । हालै गरिएको परिक्षणसँगै उत्तर कोरियाले यस वर्ष १४ वटा क्षेप्यास्त्र परिक्षण गरिसकेको छ ।
रिपब्लिक सांसद लिन्डसे ग्राहमका अनुसार राष्ट्रपति ट्रम्पले उनलाई यदी कोरियाले आफ्नो क्षेप्यास्त्र कार्यक्रम जारी राख्यो भने अमेरिका र उत्तर कोरियाबीच हुनसक्छ भन्ने कुरा बताएका छन् ।
एनबिसीलाई दिएको अन्तर्वार्तामा उनले भने ‘वहाँले मलाई यस्तो भन्नुभयो । म उनीमाथि विश्वास गर्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *