ट्र्याक्टरबाट लडेर एक बालकको मृत्यु
सप्तरी, १८ साउन । सप्तरीमा ट्र्याक्टरबाट लडेर एकजना बालकको मृत्यु भएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका–५ स्थित बोरियामा हिजो साँझ सोही ठाउँ बस्ने रमेश रामका ६ वर्षीय छोरा प्रदीप रामको ट्र्याक्टरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
राजविराजबाट सखडातर्फ जाँदै गरेको स १ त ३४६७ नम्बरको ट्र्याक्टरमा चढेका बालक ट्र्याक्टरबाट लडेर तल खस्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा लगिएको छ भने चालक फरार रहेकाले उनको खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय राजविराजले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१६
मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरासहित तीन जनाको मृत्यु
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५