मस्जिदमा आक्रमण हुँदा २९ को मृत्यु
एजेन्सी, १८ साउन । अफगानिस्तानको पश्चिमी शहर हेरातमा रहेको एक मस्जिदमा आक्रमण हुँदा २९ जनाको मृत्यु भएको छ । आक्रमणमा परी ६४ जना घाइते भएका छन् ।
इरानको सीमा क्षेत्रमा पर्ने पश्चिम शहर हेरातमा रहेको जावादिया मस्जिदको प्रवेशद्वारमा बम आक्रमण भएको हो । कम्तिमा दुईजना आक्रमणकारीले आक्रमण गरेको र त्यसमध्ये एकजना आत्मघाती आक्रमणकारी रहेको सरकारी अधिकारीले बताएका छन् । हेरात शहरका गर्भनरले आत्मघाती आक्रमणकारी मस्जिद भित्र प्रवेश गरी नमाज पढिरहेकालाई गोली चलाएको र त्यसपछि आफैलाई विस्फोट गराएको बताएका छन् ।
केही घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१६
मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरासहित तीन जनाको मृत्यु
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
१५ असार २०८२ १२:१८