नियुक्त भएको १० दिनमै ट्रम्पका संचार प्रमुख बर्खास्त

भक्तपुर न्यूज

१७ साउन २०७४ ६:१०

नियुक्त भएको १० दिनमै ट्रम्पका संचार प्रमुख बर्खास्त

एजेन्सी, १७ साउन । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका मिडिया प्रमुख एन्टोनी स्कारामुचीलाई नियुक्त गरेको १० दिन मै बर्खास्त गरिएको छ । स्कारामुर्ची ह्वाइट हाउसको मुख्य पदबाट गएको १० दिनमा बर्खास्तमा पर्ने चौथो व्यक्ति हुन् । स्कारामुर्चीमाथि एक पत्रकारसँग आफ्ना एक सहयोगीका लागि अपमानजनक भाषा प्रयोग गरेको आरोप छ । राष्ट्रपति डोनाल्ड ट्रम्मलाई स्कारामुर्चीले केही दिनअघि एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा अभद्र टिप्पणी गरेको महसुस भएको र त्यही कारण स्कारामुर्चीलाई बर्खास्त गरिएको ह्वाइट हाउसले जनाएको छ । स्कारामुर्चीले ह्वाइट हाउसका पूर्व चिफ अफ स्टाफ रेइन्स प्राइबसका बारेमा अभद्र टिप्पणी गरेका थिए ।
ट्रम्पले स्कारामुर्चीलाई कम्युनिकेशन निर्देशकमा नियुक्त गरेपछि प्रेस सचिव शन स्पाइसरले राजीनामा दिएका थिए भने चिफ अफ स्टाफ रेइन्स प्राइबसलाई हटाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *