अपहरीत बालक सकुशल फेला
काठमाडौँ, १६ साउन । काठमाडौँको क्षेत्रपाटीबाट गत बिहीबार हराएका ५ बर्षे बालक चार दिनपछि सकुशल फेला परेका छन् । बालक बिशाल चौधरीलाई काँडाघारीबाट उद्दार गरिएको प्रहरीले जानकारी दिएको छ । बालकका बाबु अजय चौधरीले पनि बालक फेला परेको पुष्टि गरे ।
क्षेत्रपाटी–पकनाजोलस्थित सरस्वती सेकेन्डरी स्कुलको युकेजीमा अध्ययनरत बालक बिशाल चौधरी विद्यालयबाटै हराएका थिए । गत बिहीबार विद्यालय गएका बालकलाई विद्यालय छुट्टि हुनेबेलामा लिन गएका बाबु अजय विद्यालय पुग्दा अरु कसैले लगिसकेका थिए । तर, बालक कसले लग्यो भन्ने अझै खुलेको छैन ।
यता, प्रहरीले अनुसन्धान थालेको बताउँदै यसबारे थप अहिले केहि भन्न नसक्ने बताएको छ । यसअघि प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनलाई नियन्त्रणमा लिएको जनाएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ वैशाख २०८२ ८:५६
मेसीले चार मौका गुमाउँदा गोलरहित बराबरी
३ वैशाख २०८२ ९:३१
काठमाडौं उपत्यकामा भूकम्पको धक्का
१ वैशाख २०८२ ८:४९
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
३० चैत २०८१ २०:४२
कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्ने प्रचण्डको संकेत
१ वैशाख २०८२ ८:५५