जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

भक्तपुर न्यूज

१५ साउन २०७४ ९:२७

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

कास्की, १५ साउन । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २६ सेदीबगर रातमाटेमा गएराति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् ।
पोखरा–१८ पामेबाट पोखरा फर्कने क्रममा राति ग १ य ८७९ नम्बरको जिप रातमाटेबाट फेवातालमा खसेको थियो । दुर्घटनामा परि भोजपुर दमना गाउँपालिका घर भई पोखरा बस्दै आएका रामप्रसाद राईको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए । घाइते पाँच मध्ये दुईको अवस्था गम्भीर छ । बाँकी तीन जना खतरामुक्त छन् ।
कामको सिलसिलामा केही दिन अघि भोजपुरबाट पोखरा आएको र घुम्ने क्रममा दुर्घटना भएको घाइते टिकाराम राईले बताए । पोखरा जोमसोम सडक खण्डमा चल्ने जिप हिमालयन होटेलको रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *