एमाले स्थायी कमिटी बैठक सम्पन्न

भक्तपुर न्यूज

१५ साउन २०७४ ८:३९

एमाले स्थायी कमिटी बैठक सम्पन्न

भक्तपुर, १५ साउन । नेकपा एमालेले स्थानीय तहको निर्वाचन अन्तर्गत १९ जिल्लाको जिल्ला समन्वय परिषद्का लागि प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज बसेको एमाले स्थायी कमिटी बैठकले पार्र्टी जिल्ला कमिटीको सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिस र रायसुझावको आधारमा जिल्ला समन्वय परिषद्का प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको बैठक पछि पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
बैठकमा कतिपय जिल्लाहरूमा उम्मेदवार सर्वसम्मत बनाउनका लागि सम्बन्धित प्रदेश कमिटीका ईन्र्चार्जलाई जिम्मा लगाउने निर्णय भएको छ ।
त्यस क्रममा पार्टी अध्यक्ष ओलीले भर्खरै मित्र राष्ट्र चिनको तीब्बत हुँदै मानसरोवरको भ्रमणका क्रममा चीनिया सरकारका उच्च अधिकारीसँग भएको बैठक र छलफलको बारेमा जानकारी गराएका थिए ।
बैठकमा समसामयिक बिषय, निर्वाचन क्षेत्र निर्धारण, आउने संसदीय र प्रदेश सभाको निर्वाचनको सन्दर्भमा लगायतका राष्ट्रिय राजनीतिका बिष्यमा समेत छलफल भएको र थप छलफल गर्नुपर्ने आवश्यक भएकाले भोली ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुन बैठक बस्ने उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *