वृक्षारोपण सम्पन्न

भक्तपुर न्यूज

१५ साउन २०७४ ८:२६

वृक्षारोपण सम्पन्न

भक्तपुर, १५ साउन । आज ढुङ्गे पाखा वहाल वनमा वृक्षारोपण सम्पन्न भएको छ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ८ र काभे्र जिल्लाको वनेपा नगरपालिका वडा नं. १ को दोसाँधमा रहेको ढुङ्गे पाखा वहाल वनमा वृक्षारोपण गरिएको हो ।
वनमा सल्लाको रुखलाई विस्थापित गरी चिलाउने, मसला, बकाइनो लगायतका पात हुने विरुवाहरुको संरक्षण गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको उपभोक्ता समितिका अध्यक्ष वेल वहादुर तामाङले बताए ।
एसियन फ्रेण्डसिप सोसाइटी जापानको सहयोगमा भएको वृक्षारोपण कार्यक्रममा चिलाउनेका एक हजार विरुवाहरु रोपिएका छन् । सोसाइटीले वृक्षारोपण, गोबर ग्याँस प्लान्ट निर्माण, खानेपानी, विद्यालय स्तरीय वातावरणीय क्रियाकलाप, विद्यालय निर्माणमा सहयोग जस्ता कार्य गर्दै आएको नेपाल प्रमुख नोरीको आछुतो मल्लले बताए ।
भक्तपुर तथा काभ्रे जिल्लाका समुदायहरुको सहभागितामा ढुङ्गे पाखा वहाल वन सामुदायिक उपभोक्ता समिति गठित छ ।  सो क्षेत्रमा विगत पाँच वर्षदेखि सोसाइटीको सहयोगमा वृक्षारोपण गरिदै आएको वन उपभोक्ता समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *