बार्सिलोनाले रियल म्याड्रिडलाई हरायो

भक्तपुर न्यूज

१५ साउन २०७४ ६:१८

बार्सिलोनाले रियल म्याड्रिडलाई हरायो

एजेन्सी, १५ साउन । प्रि–सिजन एल क्लासिकोमा बार्सिलोनाले रियल म्याड्रिडलाई हराएको छ । प्रि–सिजन भ्रमण अन्तर्गत अहिले अमेरिकामा रहेका स्पेनिस दुई महारथी रियल मड्रिड र बार्सिलोनाबिच आज बिहान भएको अन्तर्राष्ट्रिय कप अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ३–२ ले हराएको हो ।
अमेरिकाको मायामीमा रहेको हार्ड रक रंगशालमा भएको एल–क्लासिकोमा सुरुमा नै बार्सिलोनाले अग्रता लिएको थियो । २ गोलले पछि पारेको स्थितिबाट फर्किए पनि बार्सालोनाले पुन गोल गरेपछि म्याड्रिडको हार पक्का भएको थियो ।
खेलको चौथो मिनेटमा लियोनेल मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई खेलमा अग्रता दिलाएका थिए । त्यसको ३ मिनेट नबित्दै इभान राकीटिचले डी(बक्स को ठिक भित्रबाट गोल गर्दै बार्साको अग्रता दोब्बर पारे। तर १४औं मिनेटमा मटियो कोभाचिचले बक्स बाहिरबाट गरेको प्रहार गोल भएपछि रियलले खेलमा फर्कने आशा देखाएको थियो ।
३६औं मिनेटमा मार्को एसेन्सियोले सुरु गरेको काउन्टर अट्याकमा कोभाचिचले साथ् दिएपछि एसेन्सियोले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
दोश्रो हाफको सुरुवातमा जेरार्ड पिकेले नेयमारको फ्रिकिकमा गोल गरेपछि बार्सालोनाले खेलमा पुनः अग्रता लिएको थियो । निर्धारित समयमा थप गोल हुन् नसकेपछि बार्सालोनाले जित हात पारेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *