जेष्ठ नागरिकको सम्मानको जिम्मेवारी सरकारले लिनुपर्छ : मन्त्री कोइराला

भक्तपुर न्यूज

१४ साउन २०७४ ६:५०

जेष्ठ नागरिकको सम्मानको जिम्मेवारी सरकारले लिनुपर्छ : मन्त्री कोइराला

भक्तपुर, १४ साउन । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले ज्येष्ठ नागरिकलाई सम्मान पूर्वक बाँच्ने अधिकार सरकारले मिलाइ दिनुपर्ने बताईन् । अग्रज समाज नेपालले आज भक्तपुरमा गरेको सम्मान तथा स्वागत कार्यक्रममा बोल्दै मन्त्री कोइरालाले राज्यले ज्येष्ठ नागरिकलाई जिम्मा लिई उनीहरुको बाँच्नु पर्ने अधिकार सरकारले मिलाइ दिनु पर्ने बताईन् ।

उनले आफ्नो परिवार, समाज, स्थानिय तह र राज्यले ज्येष्ठ नागरिकलाई अबहेलना गर्नेलाई तिरस्कार गर्दै जान सके ज्येष्ठ नागरिकहरुले दुःख नपाउने बताईन् । अहिले राज्यले बाँडिरहेको भत्ता उपयुक्त नभएको भन्दै उनले जेष्ठ नागरिकलाई भत्ता मात्रै दिने नभई उनीहरुको सम्पूर्ण जिम्मेवारी राज्यले नै लिन सक्नुपर्नेमा जोड दिइृन् ।

अग्रज समाज नेपालले नवनियुक्त मन्त्री कोइराला, नवनिर्वाचित स्थानिय तहका जनप्रतिनिधी तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको हो ।  यस्तै कार्यक्रममा साँसद भुटनीदेवी खवास, भक्तपुरका प्रजिअ द्रोणप्रसाद पोखरेल, चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र, नेपाल पत्रकार महासँघ भक्तपुरका अध्यक्ष पुस्कर बुढाथोकी लगायतले आफनो भनाई राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *