काठमाडौँमा विद्युत् कटौती हुदैं
काठमाडौं, १३ साउन । नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।
भार प्रेषण केन्द्रकाअनुसार स्यूचाटार सव स्टेशनमा नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् कटौती हुन लागेको हो । सो केन्द्रका नायब प्रबन्धक दीपक धितालकाअनुसार बालाजु, स्वयम्भू, कलंकीलगायत क्षेत्रमा विद्युत् कटौती हुनेछ । नियमित मर्मतसम्भार शनिबारसम्म हुनेछ ।
प्राधिकरणले वीरगञ्ज औद्योगिक कोरिडोर क्षेत्रमा पनि विद्युत् कटौती हुने जनाएको छ । आजदेखि पाँच दिनसम्म चन्द्रनिगाहारपुर, हेटौंडा, सिमरा, ढल्केबर र परवानीपुर क्षेत्रमा विद्युत् कटौती हुनेछ । प्रसारण प्रणालीमा सुधार तथा प्रसारण लाइन निर्माणका कारण विद्युत् कटौती गर्न लागिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ वैशाख २०८२ ९:३१
काठमाडौं उपत्यकामा भूकम्पको धक्का
३ वैशाख २०८२ ९:३३
गोली प्रहार घटनामा संलग्न तीन जना नियन्त्रणमा
५ वैशाख २०८२ १४:१०
आज शुक्रबार सुन प्रति तोला आठसय रुपैयाँ घट्यो, चाँदीको मूल्य स्थिर
३ वैशाख २०८२ ९:२९
संसद् अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस
५ वैशाख २०८२ १४:१८