एक किलो सुनसहित दुई पक्राउ
रौतहट, १३ साउन । जिल्ला प्रहरी कार्यालय रौतहटले एक किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका–५ का दिनानाथ गुप्ता र वडा नं. ७ का सरोज राय यादव सुनसहित पक्राउ परेको प्रहरी उपरीक्षक यज्ञ विनोद पोखरेलले बताए ।
काठमाडौंबाट फर्कंदै गरेको भारतीय नम्बरको गाडीमा ठूलो परिमाणको सुन रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा उक्त सुन बरामद भएको उपरीक्षक पोखरेलले बताए ।
बरामद गरिएको सुनको मूल्य करिब ४६ लाख ४० हजार रहेको छ । सुन कुन प्रयोजनका लागि कसरी ल्याइएको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनीहरुले प्रयोग गरेको भारतीय नम्बरको गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८