भक्तपुरबाट चितुवाको छालासहित तीन पक्राउ
भक्तपुर, १३ साउन । भक्तपुरबाट चितुवाको छाला सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १० शिखरपुर बस्ने बर्ष २७ को जीवन तामाङ, दोलखा तामाकोशी गाउँपालिका २ बस्ने बर्ष २७ को सुरेन्द्र पाख्रिन र भिमेश्वर नगरपालिका ९ बस्ने बर्ष २० को सिंह विर तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं डिएसपी कृष्ण प्रसाईले जानकारी दिएका छन् ।
प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले सूर्यविनायक नगरपालिका ९ स्थित पलासेमा रहेको वाटर किंगडम होटलबाट चितुवाको छाला १ थान सहित उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको प्रहरी निरिक्षक राज कुमार सिंहको प्रहरी टोलीले पक्राउ गरी जिल्ला वन कार्यालय भक्तपुर बुझाइएको प्रसाईले बताए । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।