अमेरिकालाई चुनौति दिँदै इरानले ग¥यो सफलतापूर्वक रकेट प्रक्षेपण

भक्तपुर न्यूज

१३ साउन २०७४ ६:३३

अमेरिकालाई चुनौति दिँदै इरानले ग¥यो सफलतापूर्वक रकेट प्रक्षेपण

एजेन्सी, १३ साउन । अमेरिकालाई चुनौति दिँदै इरानले उपग्रहको अन्तरिक्ष कक्षमा स्थापित गर्न सक्षम एक रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
इरानले उत्तरी इरानको सेमनानस्थित नयाँ अन्तरिक्ष केन्द्रबाट फिनिक्स रकेटको प्रक्षेपण गरिएको दाबी गरेको हो । सन् २००९ देखि हालसम्म इरानले पाँच वटा रकेटको प्रक्षेपण गरिसकेको छ । इरानको सरकारी टेलिभिजन च्यानलले जनाएअनुसार यो रकेटले २५० किलोग्रामको स्याटेलाइटलाई ५ सय किलोमिटरको उचाइसम्म लिएर जान सक्छ ।
इरानले रकेट प्रक्षेपण गरेकोप्रति अमेरिकाले भने आपत्ति जनाएको छ । अमेरिकाले इरानको कदमले आफूलाई उत्तेजित पारेको जनाएको छ । इरानले भने अमेरिकाले लगाएको प्रतिबन्धको जवाफ दिएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *