श्रीमतीले खुर्पाले हान्दा श्रीमानको मृत्यु
बनेपा, १२ साउन । घरायसी विवादले उग्ररुप लिँदा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ ठाडेमा आज श्रीमतीको खुर्पा प्रहारबाट ३३ वर्षीय सन्तबहादुर तामाङको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेले घरायसी विवादले उग्ररुप लिँदा २६ वर्षीया श्रीमती लालुमाया तामाङले गरेको खुर्पा प्रहारबाट सन्तबहादुरको मृत्यु भएको जानकारी दिए।
‘हामी घटनास्थलमा पुग्दा मृत अवस्थामा सन्तबहादुर फेला प¥यो,’ प्रहरी निरीक्षक घिमिरेले भने ।
विवाद हुँदा श्रीमतीले मादकपदार्थ सेवन गरेको प्रहरीले आशंका गरेको छ । लालुमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि शिर मेमोरियल अस्पताल बनेपामा राखिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००