डा. केसीसँग वार्ता गर्न सरकारले बनायो उच्चस्तरीय वार्ता टोली
काठमाडौं, १२ साउन । ११ औं पटक अनसनमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले उच्चस्तरीय वार्ता टोली गठन गरेको छ ।
सरकार विस्तार गरिएपछि पहिलो पटक आज बसेको मन्त्रिपरिषदको बैठकले डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाएको हो । वार्ता समितिमा स्वास्थ्य मन्त्रालयका सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य छन् ।
एकीकृत चिकित्सा शिक्षा ऐन पारित गर्नु पर्ने लगायतका सातबुँदे माग राख्दै डा. केसी चार दिनदेखि अनसनरत छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
