डा. केसीसँग वार्ता गर्न सरकारले बनायो उच्चस्तरीय वार्ता टोली
काठमाडौं, १२ साउन । ११ औं पटक अनसनमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले उच्चस्तरीय वार्ता टोली गठन गरेको छ ।
सरकार विस्तार गरिएपछि पहिलो पटक आज बसेको मन्त्रिपरिषदको बैठकले डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाएको हो । वार्ता समितिमा स्वास्थ्य मन्त्रालयका सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य छन् ।
एकीकृत चिकित्सा शिक्षा ऐन पारित गर्नु पर्ने लगायतका सातबुँदे माग राख्दै डा. केसी चार दिनदेखि अनसनरत छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८