सरकारले दुई तिहाई पुगे मात्र संशोधन प्रस्ताव लैजाने : प्रवक्ता भुसाल
भक्तपुर, १२ साउन । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले संसदमा जब दुई तिहाई मत पुग्छ तब संसदमा संविधान संशोधन प्रस्ताव सरकारले लैजाने बताएकी छिन् ।
रफत सञ्चार क्लवले आज गरेको साक्षतकारमा बोल्दै प्रवक्ता भुसालले अहिले संसदमा दुई तिहाई मत नभएकोले संशोधन प्रस्ताव लैजानुको अर्थ नभएको भन्दै सरकार संशोधन प्रस्तावको लागि दुई तिहाईको कसरतमा लागेको बताइन् । उनले राप्रपाले सरकारमा सहभागी नभए पनि संशोधन प्रस्तावको पक्षमा मत दिनेमा सरकार बिश्वस्त रहेको टिप्पणी गरिन् ।
निर्वाचन क्षेत्र निर्धारण आयोगले तोकिएको समयमा प्रतिबेदन आउने र संसदबाट निर्वाचन सम्बन्धी विधेयक छिट्टै पारित हुने भन्दै उनले त्यस पछि बाँकी रहेको तेस्रो चरणको स्थानिय तहको चुनाव, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन हुने बताइन् । आफ्नो पार्टीमा ठूलो महाधिवेशन आयोजक समिति भद्दा देखिएकोले पार्टीको बैठकले सानो बनाएको भन्दै उनले तेस्रो चरणको स्थानिय तहको चुनाव, प्रदेश र केन्द्रको निर्वाचनपछि मात्र आफ्नो पार्टीको माहधिबेशन हुने बताइन् ।