ट्रम्पको घोषणा : तेस्रो लिंगीमाथि सेनामा प्रतिबन्ध

भक्तपुर न्यूज

१२ साउन २०७४ ५:२९

ट्रम्पको घोषणा : तेस्रो लिंगीमाथि सेनामा प्रतिबन्ध

एजेन्सी, १२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो लिंगी समुदायमाथि सेनामा काम गर्न नपाउने गरी प्रतिबन्ध लगाउने बताएका छन् । राष्ट्रपति ट्रम्पले तेस्रो लिंगी समुदायले सेनामा कुनै पनि पदमा रहेर काम गर्न नसक्ने आरोप लगउनु भएको छ । ट्रम्पले ट्वीट मार्फत सैन्य विज्ञसँगको सल्लाहमा तेस्रो लिंगीका कारण सेनामा स्वास्थ्य खर्च निकै बढ्ने तथा विभिन्न खालको अवरोध आउने भएकाले उनीहरुलाई सेनामा काम गर्न नदिइने भएको उल्लेख गरेका छन् ।
यसअघि गएको वर्ष त्यसबेलाका राष्ट्रपति बाराक ओबामाले तेस्रो लिंगी समुदायलाई सेनामा खुला रुपमा काम गर्न पाउने व्यवस्था लागु गरेका थिए । गएको जुनमा रक्षा मन्त्री जेम्स म्याट्टिसले सेनामा तेस्रो लिंगी समुदायको भर्ती ६ महिना ढिलो गर्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *