राष्ट्र बैंकका कर्मचारीलाई तलबभन्दा भत्ता दोब्बर

भक्तपुर न्यूज

१२ साउन २०७४ २:३९

राष्ट्र बैंकका कर्मचारीलाई तलबभन्दा भत्ता दोब्बर

काठमाडौं, १२ साउन। बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीबीचको तलब अन्तरबारे समयसमयमा चर्चा सुनिने गरेकै छ । यसमा नियामक निकाय राष्ट्र बैंकले पनि बेला बेलामा चासो दिने गरेको पाइन्छ । तर, यो समस्या राष्ट्र बैंकमा समेत रहेको सुन्दा धेरैलाई अविश्वास लाग्न सक्ला ।

राष्ट्र बैंकका कर्मचारीहरुलाई कर्मचारी सञ्चय कोष, औषधि उपचार कोष, उपदान कोष र कर्मचारी सुरक्षा कोषका अलावा १४ किसिमका भत्ता दिने गरिएको छ । यसमा ७ किसिमका भत्ता सबै कर्मचारीले पाउने गरेका छन् भने बाँकी ७ किसिमका भत्ता भने विशेष समूहका कर्मचारीहरुले पाउने गरेका छन् ।

यस्ता भत्ता र प्रोत्साहन वापतको खर्च तलब खर्चको अनुपातमा १ सय ९५ प्रतिशत हुने गरेको छ । आर्थिक वर्ष २०७२र७३ मा तलब बाहेक १ अर्ब १० करोड अन्य भत्ता तथा प्रोत्साहनको निम्ति खर्च भएको बैंकले उल्लेख गरेको प्रतिवेदनमा जानकारी दिइएको छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको २०७२र७३ को प्रतिवेदन अनुसार बैंक सेवा १ हजार ९७ र प्राविधिकमा १ सय ३२ गरि कुल १ हजार २ सय २९ कर्मचारी रहेका थिए ।

राष्ट्र बैंकले साधारण, प्रशासनिक खर्च र प्रोभिजन शीर्षकमा कुल ७ अर्ब १९ करोड खर्च भएको देखाएको छ । कर्मचारीको भत्ता र प्रात्साहन वापत मात्रै बैंकले कुल प्रशासनिक लगायतको खर्चको १५ प्रतिशत रकम खर्च गरेको देखिन्छ । राष्ट्र बैंकमा आन्तरिक नियन्त्रण व्यवस्थामा कमजोर रहेको देखाउँदै महालेखा परीक्षकको कार्यालयले राष्ट्र बैंकमा भत्ताका नाममा मौलाएको सुविधाबारे खुलासा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *