देउवा सरकारमा १९ मन्त्री थपिए
काठमाडौं, ११ साउन । प्रधानमन्त्री निर्वाचित भएको डेढ महिनापछि शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । देउवाले आज मन्त्रीमण्डलमा १९ जना सदस्य थप गरेका हुन् । कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री बनेका हुन् ।
उनी गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । नवनियुक्त मन्त्रीहरुले आज नै शितल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।
यसअघि प्रधानमन्त्री देउवाले कांग्रेससहित माओवादी र लोकतान्त्रिकबाट सात सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । यो सँगै देउवाको मन्त्रिमण्डल संख्या २६ पुगेको छ ।
यी हुन् नवनियुक्त मन्त्रीहरु:
नेपाल कांग्रेसबाट
भीमसेनदास प्रधान: रक्षा
वीरबहादुर बलायर : भौतिक पूर्वाधार तथा यातायात
यज्ञबहादुर थापा : कानुन
मीन विश्वकर्मा : वाणिज्य
मोहन बस्नेत : सूचना तथा सञ्चार
सञ्जय गौतम : सिँचाई
रामकृष्ण यादव : कृषि
राजन केसी : युवा तथा खेलकुद
अम्बिका बस्नेत : सहकारी तथा गरिबी निवारण
महेन्द्र यादव : खानेपानी तथा सरसफाई
माओवादी केन्द्रबाट
गिरिराजमणि पोखरेल : स्वास्थ्य
महेन्द्रबहादुर शाही : ऊर्जा मन्त्री
टेकबहादुर बस्नेत : सामान्य प्रशासन
शिवकुमार मण्डल : आपूर्ति
सन्तकुमार थारु चौधरी : पशुपन्छी विकास
आशा खनाल कोइराला : महिला तथा बालबालिका
नेपाल लोकतान्त्रिक फोरम
जितेन्द्रनारायण देव : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
गोपाल दहित : भूमिसुधार
नेकपा संयुक्त
मिथिला चौधरी : जनसंख्या तथा वातावरण