सुन तीन सयले घट्यो
भक्तपुर, ११ साउन । सुनको मूल्य आज ३ सयले घटेको छ । हिजो प्रतितोला ५४ हजार ४ सय रुपैयाँ रहेको सुन आज ३ सय रुपैयाँले घटेर ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो ७ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ३५ मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
