कमला श्रेष्ठ र सञ्जु चौधरीको राष्ट्रिय कीर्तिमान

भक्तपुर न्यूज

११ साउन २०७४ १:३३

कमला श्रेष्ठ र सञ्जु चौधरीको राष्ट्रिय कीर्तिमान

काठमाडौं, ११ साउन । नेपालका दुई महिला भारत्तोलक कमला श्रेष्ठ र सञ्जु चौधरीले एसियाली युथ तथा जुनियर भारत्तोलन च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। यी दुवैले नेपालमा पहिलो पल्ट आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्।

लखनखेलस्थित नेपाल आर्मीको शारीरिक तथा तालिम केन्द्रमा मंगलबार भएको प्रतियोगिताको दोस्रो दिन महिला ५८ केजीमुनी कमलाले स्न्याच, क्लिन र जर्कमा गरी कूल १ सय ५२ केजी तौल उठाइन्। यसअघि पनि यो तौल समूहमा पुरानो कीर्तिमान उनकै नाममा थियो। उनले तीनवटै इभेन्टमा नयाँ कीर्तिमान बनाएकी हुन्। उनले स्न्याच ६७, क्लिन र जर्क ८५ केजी उठाएकी थिइन्। उनले गत वर्ष पूर्वाञ्चलमा आयोजना भएको सातौ बृहत राष्ट्रिय खेलकुदमा कूल १ सय ४५ केजी तौल उठाएकी थिइन्।

रञ्जुले ५३ केजी तौलमा देवी चौधरीको पुरानो कीर्तिमानलाई भंग गरेकी हुन्। उनले स्न्याचमा ६० केजी, क्लिन र जर्कमा ८० केजी गरी कूल १ सय ४० केजी तौल उठाइन्। यसअघि देवीले सातौ वृहत राष्ट्रिय खेलकुदमै १ सय ३८ केजी तौल उठाएकी थिइन्। जुनियरतर्फ कमल चौधरीले स्न्याचमा ४१, क्लिन र जर्कमा ५० गरी कूल ९१ केजी तौल उठाइन्। टिकामाया गुरुङले स्न्याचमा ४५, क्लिन र जर्कमा ५५ गरी कूल सय केजी तौल उठाइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *