मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ
दोलखा, १० साउन । जिल्ला प्रहरी कार्यालय दोलखाले मामाको हत्या गरेको आरोपमा ६ वर्षपछि भान्जालाई पक्राउ गरेको छ ।
दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ वर्षका बिनोद धनुकेको हत्या गरेको अभियोगमा भिमेश्वरकै बिक्रम बिकलाई ६ वर्षपछि पक्राउ गरेको दोलखाका प्रहरी निरीक्षक प्रेम सागर केसीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार २०६८ साल फागुन ८ गते कालीञ्चोक मन्दिर दर्शन गर्न मामा भान्जा गएको र भान्जा विक्रम विक फर्केको र मामा विनोद नफर्के पछि प्रहरीले घटनाबारे अनुसन्धान गर्दा हत्यामा उनको संलग्नता रहेको देखिएको प्रहरीले जनाएकोे छ ।
घटना भएको वर्ष नै भान्जा बिनोदमाथि अनुसन्धान सुरु गरिए पनि घटनामा आफू संलग्न नभएको बताएका थिए । विनोदको शव ६ वर्ष अगाडि हत्या गरेको अवस्थामा प्रहरीले कालीञ्चोक गाविस–९ स्थित गणेश थुम्की नजिकै कुरी जाने भन्ज्याङ गौडा नजिकै फेला पारेको थियो । अनुसन्धानका क्रममा घटनामा उनि नै संलग्न रहेको पाइएपछि पक्राउ गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको दोलखा प्रहरीले जनाएको छ ।