दुई माईक्रोबस एक आपसमा ठोक्किँदा २० घाइते

भक्तपुर न्यूज

१० साउन २०७४ ११:०२

दुई माईक्रोबस एक आपसमा ठोक्किँदा २० घाइते

धादिङ, १० साउन । धादिङमा आज दुई माईक्रोबस एक आपसमा ठोक्किँदा २० जना घाइते भएका छन् । धादिङको गजुरी गाउँपालिका–२ छहरामा काठमाडौंबाट चितवनका लागि छुटेको बा ३ ख ३८ नम्बरको माइक्रोबस र गोर्खाबाट काठमाडौंका लागि छुटेको बा १ ज ५८७० नम्बरको माईक्रोबस ठोक्किँदा २० जना घाइते भएका हुन् ।
दुर्घटनामा घाइते भएकाको गजुरी अस्पतालमा उपचार भैरहेको छ । घाइतेमध्ये ३ जनालाई थप उपचारको लागि काठमाडौं लगिएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *