उदयपुरमा रफत सञ्चार क्लबको शाखा विस्तार
उदयपुर १० साउन । पुर्वी नेपालको उदयपुर जिल्लामा रफत सञ्चार क्लबको शाखा विस्तार (गठन) भएको छ । सदरमुकाममा आज मंगलबार आयोजित पत्रकारहरुको उक भेलाले उक्त शाखा गठन गरेको हो । नवगठित शाखाको अध्यक्षमा चीत्रबहादुर केसी चयन भएका छन् । यसैगरी शाखाको उपाध्यक्ष देवराज राई, सचिवमा टम्पसेर राई, सहसचिव दिनेश कार्की कोषाध्यक्षमा महिला पत्रकार रमिला बस्नेत चयन भएका छन् ।
यस्तै शाखाको सदस्यमा पत्रकारद्धय कुविन्द्र राई र सारदा राई चयन भएको नवनिर्वाचित कोषाध्यक्ष रमिला बस्नेतले जानकारी दिईन् ।
भक्तपुरमा केन्द्रीय कार्यालय रहेको रफत सञ्चार क्लबको पुर्वी नेपालमा विस्तार भएको यो पहिलो शाखा हो भने अहिलेसम्म पश्चिम नेपालका विभिन्न आधा दर्जनबढी जिल्लामा शाखा विस्तार भैसकेको छ ।
विगत ८ बर्षदेखि सञ्चारका क्षेत्रमा सूचना पैरवीको काम गर्दै आएको रफत सञ्चार क्लबले आगामी दिनमा देशका सबै प्रदेशमा शाखा विस्तार गर्ने अभियान थालनी गरेको छ । जिल्लामा शाखा विस्तारले जिल्लाको समग्र सञ्चार क्षेत्रको विकासमा सहयोग पुग्ने क्लबका केन्द्रीय अध्यक्ष सुशिलबन्धू थापाले बताएका छन् ।