विवेकशील र साझा पार्टीको एकता हुने
काठमाडौं १० साउन । विवेकशील नेपाली र साझा पार्टीबीच बुधबार पार्टी एकता घोषणा हुने भएको छ । बुधबार दिउँसो साढे एक बजे इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वरमा एकता घोषणा हुने दुबै पार्टीले संयुक्त विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।
पहिलो चरणको स्थानीय चुनाव अगाडि पनि दुई पार्टीले एकता प्रयास गरेका थिए । तर, एकीकृत पार्टीलाई विवेकशीलका उज्ववल थापाले नेतृत्व गर्ने कि साझा पार्टीका रविन्द्र मिश्रले भन्नेमा कुरा मिलेको थिएन । अहिले दुवै पार्टीको नेतृत्व तहलाई समायोजन गर्ने र सामुहिक नेतृत्वमा अघि बढ्ने विषयमा सहमति भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
