विवेकशील र साझा पार्टीको एकता हुने

भक्तपुर न्यूज

१० साउन २०७४ ९:१०

विवेकशील र साझा पार्टीको एकता हुने

काठमाडौं १० साउन । विवेकशील नेपाली र साझा पार्टीबीच बुधबार पार्टी एकता घोषणा हुने भएको छ । बुधबार दिउँसो साढे एक बजे इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वरमा एकता घोषणा हुने दुबै पार्टीले संयुक्त विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

पहिलो चरणको स्थानीय चुनाव अगाडि पनि दुई पार्टीले एकता प्रयास गरेका थिए । तर, एकीकृत पार्टीलाई विवेकशीलका उज्ववल थापाले नेतृत्व गर्ने कि साझा पार्टीका रविन्द्र मिश्रले भन्नेमा कुरा मिलेको थिएन । अहिले दुवै पार्टीको नेतृत्व तहलाई समायोजन गर्ने र सामुहिक नेतृत्वमा अघि बढ्ने विषयमा सहमति भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *