भक्तपुर न्यूज

१० साउन २०७४ ७:१९

भक्तपुर, १० साउन । काठमाडौं –माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न दवाव दिएपनि पार्टीबाट मन्त्रीको नाम भने औपचारिक रुपमा टुंगो लगाएका छैनन् । छ जना मन्त्रीको नाम पठाउनु पर्नेमा अहिलेसम्म नाम औपचारिक रुपमा टुंगो नलगाएका हुन् । स्रोतका अनुसार माओवादी केन्द्रबाट क–कसलाई मन्त्री बनाउने भन्नेमा टुंगो लगाउन आज कार्यालयमा बैठक बोलाइएको छ ।

स्रोतका अनुसार अध्यक्ष प्रचण्डले नेता वर्षमान पुनः, कृष्णबहादुर महरा र जनार्दन शर्माका सहयोगमा मन्त्रीको नाम मोटामोटी तयार गरेर राखेका छन् । सोहि नामलाई बैठकले अन्तिम रुप दिने बताइएको छ । पार्टी हेडक्वाटर स्रोतका अनुसार छजना मन्त्री बन्नेहरुमा गिरीराजमणी पोखरेल स्वास्थ्य, टेकबहादुर वस्नते कृषि, श्यामकुमार श्रेष्ठ सामान्य प्रशासन, शिवकुमार मण्डल वाणिज्य, आशा खनाल महिला बालबालिका र महेन्द्रबहादुर शाही उर्जा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *