अफगानिस्तानले नेपाललाई दियो १९६ रनको लक्ष्य
काठमाडौं, १० साउन । आइसीसी यू १९ विश्वकपको एसिया छनोट अन्तर्गत आज भइरहेको अन्तिम खेलमा नेपालले १ सय ९६ रनको लक्ष्य पाएको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको अफगानिस्तानले ४६.५ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनाएका हो । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
अफगानिस्तानले इब्राहिम जादरानको शतकको मदतमा ४६.५ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनायो । अफगानिस्तानका लागि ओपनर इब्राहिम जद्रानले शतकीय पारि खेलेका थिए । १ सय १४ बलको सामना गरेका जद्रानले ७ चौका र ५ छक्काको मद्दतले १ सय १ रन बनाए। जद्रान ४१औं ओभरमा दिपेन्द्र सिंह ऐरीको बलमा छैटौं विकेटको रुपमा पेभेलियन फर्केका थिए । जद्रानले पाँचौ विकेटका लागि २४ रन जोडेका विकेटकिपर ब्याट्सम्यान इक्रम अल खलिलसँग मिलेर ७४ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । अफगानिस्तानका लागि ओपनर नबिद ओबेदले २२ रन जोडेका थिए। अन्य कुनै ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन ।
नेपालका साहब आलमले ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले ३, सन्दिप लामिछाने र रोहित कुमार पौडेलले एक एक विकेट लिए ।