मेक्सिकोका स्ट्राइकर हर्नान्डेज वेष्ट ह्याम युनाइटेडमा आबद्ध

भक्तपुर न्यूज

१० साउन २०७४ ४:२१

मेक्सिकोका स्ट्राइकर हर्नान्डेज वेष्ट ह्याम युनाइटेडमा आबद्ध

एजेन्सी, १० साउन । मेक्सिको राष्ट्रिय टोलीका स्ट्राइकर जाभियर हर्नान्डेज वेष्ट ह्याम युनाइटेडसँग आबद्ध भएका छन् । रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेलिसकेका हर्नान्डेजले क्लबसँग ३ वर्षे सम्झौता गरेका हुन् ।बायर लेभरकुजनबाट १६ मिलियन पाउण्ड खर्चेर वेष्ट ह्यामले उनलाई क्लबमा भित्र्याएको हो।
गत मे महिनामा मेक्सिकोको राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता बनेका हर्नान्डेजलाई चिचारितो उपनामले चिनिन्छ। यसअघी म्यानचेस्टर युनाइटेडका लागि १ सय ५६ खेलमा ५९ गोल गरेका हर्नान्डेज ५ वर्ष युनाइटेडमा बसेका थिए । त्यसबिचमा उनले एक सिजन रियलमा गएर पनि खेलेका थिए । रियलमा रहँदा उनले २३ खेलमा ७ गोल गरेका थिए । सन् २०१५ मा जर्मन क्लब पुगेका उनले ७६ खेलमा ३९ गोल गरेका थिए ।
वेष्ट ह्यामले यस सिजन हर्नान्डेजसँगै ३ ठुला खेलाडीलाई भित्र्याएको छ । म्यानचेस्टर सिटिबाट गोलरक्षक जो हार्ट लोनमा आएका छन् भने स्टक सिटिका मार्को अर्नाउटोभिच पनि अनुबन्धित भएका छन् । सिजनको सुरुवातमै पाब्लो जाबालेटा फ्री ट्रान्सफरमा आएका थिए ।
रियल म्याड्रिडमा रहेर फिफा क्लब विश्वकप जितेका हर्नान्डेजले युनाइटेडबाट खेल्दा २ पटक प्रिमियर लिग उपाधि जितेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *