गलत समाचार संप्रेषण नगर्न गृहमन्त्री अनुरोध
काठमाडौं ९ साउन । गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय परिचय पत्रमा आमाको नाम नछुटाइएको स्पष्ट पारेका छन् । आमाको मात्र होइन हजुर आमाको नाम पनि परिचयपत्रमा राखिएको उनले बताए ।
बिभिन्न विषयमा सांसदहरुले उठाएका जिज्ञासाको मन्त्री शर्माले सोमबारको संसद बैठकमा जवाफ दिएका थिए भने
यसअघि सांसदहरुले राष्ट्रिय परिचयपत्रमा आमाको नाम छुटाइएको भन्दै विरोध जनाएका थिए । मन्त्री शर्माले त्यस विषयमा जवाफ दिँदै भने, ‘राष्ट्रिय परिचयपत्रमा आमाको नाम छुटाइएको भनेर सांसदहरुले उठाउनु भएको विषयमा गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । बाबुको नाम भन्दा पहिले आमाको नाम समावेश छ ।
केही मिडियाले पनि आमाको नाम नभएको भनेर समाचार लेखेको भन्दै उनले त्यसलाई भ्रामक भ्रमपूर्ण भने । मन्त्री शर्माले भने, ‘आमाको मात्र होइन, हजुर आमाको नाम पनि राखिएको छ । गलत समाचार संप्रेषण नगर्न अनुरोध गर्दछु । राष्ट्रिय परिचय पत्र हिजो स्वीकृत भएको थियो जसमा तिनपुस्ते विवरण राख्ने व्यवस्था गरिएको छ ।